Logo

जि.पि कोइराला अध्ययन केन्द्रका अध्यक्ष रायमाझीको पहलमा मलँगवा अस्पताललाई १० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं, ४ असार । देश कोरोना महामारीको गम्भीर परिस्थितिबाट गुज्रिरहेको बेला जि.पि कोइराला अध्ययन केन्द्रका अध्यक्ष मनिष रायमाझी निरन्तर सहयोगमा जुटिरहेका छन् ।

अध्यक्ष रायमाझीको पहलमा खाल्ड्सा एण्ड इन्टरनेसनलको सहयोगमा १० लाख रुपैयाँ  बराबरको मलँगवा अस्पताल सर्लाहीलाई पाँच थान अक्सिजन कन्सन्टेटर र पच्चिस थान अक्सिमिटर हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामाग्री प्राप्त गरेपछि मलँगवा अस्पताल सर्लाहीका डा.नवल झा र डा. अभिनास सिंहले अध्यक्ष रायमाझी र खाल्ड्सा एड इन्टरनेसनललाई धन्यवाद  दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्