Logo

डा. अरुण सुवेदीको दाबी : संसद् पूनःस्थापना भएपनि अवस्था सहज हुने देखिँदैन् (भिडिओसहित)



काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धन दुवैले आफ्नो नेतृत्वमा चुनाव गराउनुपर्ने अडान लिएको देखिएको सुनाएका छन् । संसद् पूनःस्थापना भएपनि अवस्था भने सहज आफूले नदेखेको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘संसद् पूनःस्थापना भएपनि यसले निकास दिँदैन्, प्रधानमन्त्री कोही बनेपनि विश्वासको मत लिने अवस्था देखिएको छैन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा देखिएको बहुमत कुविधाने बहुमत हो । किन कुविधानले बहुमत हो भने संसदीय मर्यादाअनुसार एमालेका २६ जना कि कति जनाले ? हस्ताक्षर गरेका छन् नि, अब पूनःस्थापना नै भयो भनेपनि संसद्मा उहाँले बहुमत कमाण्ड गर्ने स्थिति आउँदैन् । तर, के हुन्छ भने उहाँ नै प्रधानमन्त्री नियुक्त हुनुभयो भने संविधानको सबै धारा प्रयोग गरेर अब उहाँकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने स्थिति आउँछ । त्यतिमात्रै फरक हो ।’ उनले अहिले निर्वाचन कसले गराउने ? भन्ने नै व्यवहारिक लडाई भएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्