Logo

कोरोना महामारी प्रभावित क्षेत्रलाई विश्व बैंकले १७ अर्ब सहयोग गर्ने



काठमाडौं, ४ असार । विश्व बैंकले कोरोना महामारीबाट प्रभावित क्षेत्रको पुनस्र्थापनाका लागि करिब १७ अर्ब रुपैयाँ बराबरको सहायताको घोषणा गरेको छ ।

बैंकले महामारीबाट सबैभन्दा जोखिम क्षेत्रको सुरक्षा र दिगो विकासका लागि सहायता दिने उद्देश्यले १७ अर्ब अर्थात १५० मिलियन डलर सहायता रकम घोषणा भएको हो ।

बैंकको अनुसार सहायताले कर र भन्सार प्रणाली, ऋण व्यवस्थापन तथा सार्वजनिक पुँजी खर्च लगायतका संस्था र नियमनलाई सशक्त बनाई वृद्धि, पुनस्र्थापना र भरपर्दो विकासका लागि यसले सहायता गर्नेछ ।

यसले निजी क्षेत्रको लागि तत्काल स्वास्थ्य सेवालाई सम्बोधन गर्नुका साथै आधुनिक सामाजिक सुरक्षा प्रदान, पुँजीमा पहुँच वृद्धि र डिजिटल समाधानका लागि सहायता पुग्ने विश्व बैंकले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्