Logo

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै, प्रस्ताव टेबुल



काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा टेबुल गरेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गरेका हुन् ।

पोखरेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद ‘दिपक मनाङे’ भनिने राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्