Logo

अमेरिकामा हालसम्म २ करोड ८६ लाख कोरोना संक्रमणमुक्त



काठमाडौं, ४ असार । पछिल्लो समयमा विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । लाखौ निर्दोष मानिसहरुले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा हालसम्म ६ लाख १६ हजार ४४० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै, अहिलेसम्म ३ करोड ४३ लाख ७७ हजार ५९२ जना संक्रमित भएपनि २ करोड ८६ लाख ४१ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । अमेरिकामा हाल ५१ लाख १९ हजार ७१३ संक्रमितको संख्या रहेको छ भने ४ हजार २५३ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

यसैगरी, सिडिसीको अनुसार हालसम्म विश्वमा १७ करोड ८२ लाख ६ हजार ६ सय ४९ जना कोरोना संक्रमित भएका छन् भने १६ करोड २७ लाख १४ हजार २४६ जना संक्रमणमुक्त भइसेकका छन् ।

त्यस्तै, १ करोड १६ लाख ३४ हजार ३७० जना संसारभर संक्रिय सक्रमितको संख्या रहेको छ । हालसम्म ३८ लाख ५८ हजार ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । भने ८२ हजार ४२० जनाको गम्भिर अवस्थामा विश्वभर उपचार भैहरेको एजेन्सीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्