Logo

काठमाडौं उपत्यकामा यस्तो छ संक्रमितको अवस्था



काठमाडौं, ४ असार । नेपालका सबै जिल्लामा कोरोना संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमितको संख्या बाग्मती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा बिहीबार २६ सय ७ जना नयाँ थपिएसँगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । त्यस्तै, हालसम्म निको हुनेको संख्या पनि ५ लाख ४५ हजार ६६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौं जिल्लामा मात्र हालसम्म २ लाख ४ सय ९६ जना कोरोना संक्रमितको संख्या रहेको छ । १७ सय ९७ जनाको हालसम्म निधन भइसकेको छ । संक्रमित मध्ये काठमाडौंमा १ लाख ९१ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार १३५ जना संक्रिय सक्रमितको संख्या रहेको छ ।

त्यस्तै, भक्तपुरमा हालसम्म ३५२ जना कोरोना संक्रमितको निधन भएको छ । मन्त्रालयको अनुसार २१ हजार ६६९ जना कुल संक्रमित मध्ये १९ हजार ९ जना संक्रमणमुक्त भइसकेका छन् । हाल भक्तपुरमा २३ सय ८ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।

यसैगरी, बाग्मती प्रदेशको ललितपुर जिल्लामा हालसम्म ३२ हजार ८६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । ललितपुरमा हालसम्म ३६ हजार ४५९ सक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । ३ हजार ७१ जना संक्रमित उपचारको क्रममा छन् भने ५२३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्