Logo

यी देश एशिया कपमा छनोट, नेपालसहित यी देश छनोट हुन बाँकी (नामावलीसहित)



काठमाडौं, ४ असार । चीनमा सन् २०२३ मा हुने एशिया कप फुटबलमा १३ टोलीले स्थान पक्का गरिसकेका छन् । आयोजक चीन र साविक विजेता भएकाले कतारले स्थान बनाइसकेका थिए ।

विश्वपक फुटबलको छनोट चरणबाट एशिया कपको दोस्रो चरणको छनोटको आधार पनि बनाइएको थियो । यसैबाट विश्वकपबाट एशियाबाट छनोट हुने १२ देशको टुंगो लागिसकेको छ । १२ टोली र आयोजक चीन समेत गरी १३ टोलीले स्थान पक्का गरिसकेका छन् । अब ११ टोलीले अन्तिम चरणको छनोट प्रतिष्पर्धा पार गर्नुपर्नेछ ।

अन्तिम चरणको छनोट प्रतिष्पर्धामा २२ देशले स्थान पक्का गरिसकेका छन् । जसमा नेपाल पनि छ । बाँकी ४ देशले प्ले अफ खेलेर तेस्रो चरणको २ वटा खाली स्थान बनाउनुपर्नेछ । ती देशहरुमा गुआम, चाइनिज ताइपेई, कम्बोडिया र इन्डोनेशिया छन् । ती देशहरु विश्वकप छनोटको पाचौं स्थान बनाउने देशहरुको सूचीमा पुछारमा थिए ।

यीमध्येबाट २ देशहरु अन्तिम चरणको प्रतिष्पर्धामा पुग्नेछन् । नेपालसहितको पोट ४ मा यी दुई देश प्रवेश गर्नेछन् ।

तेस्रो चरणमा सिधै प्रवेश पाएका पट १, पट २, पट ३ का देशहरु छन् । पट ४ मा नेपालसहित ४ देशले सिधै प्रवेश पाएका छन् । बाँकी २ देशले प्ले अफ खेलेर प्रवेश पाउनेछन् । प्रत्येक पटबाट एउटा टिम अनिवार्य हुनेगरी प्रत्येक समूहमा ४ टिम हुने गरी ६ वटा समूहमा विभाजित गरिनेछ । यी देशहरुबीच समूह चरणको प्रतिष्पर्धा हुनेछ ।

समूह चरणको प्रतिष्पर्धामा समूह विजेता राष्ट्रले एशिया कपमा सिधा प्रवेश पाउनेछ । बाँकी ५ स्थानमा उत्कृष्ट समूह उपविजेता ५ देशले स्थान बनाउनेछन् । अर्थात् ६ समूहमध्ये एउटा समूहको उपविजेताले मात्र स्थान बनाउन सक्नेछैन ।

एशिया कपमा छनोट भएका देश
जापान
इरान
दक्षिण कोरिया
अष्ट्रेलिया
कतार
साउदी अरेयिबा
इराक
युएई
चीन
सिरिया
ओमान
भियतनाम
लेबनान

तेस्रो चरणको छनोटमा स्थान बनाएका देश

पट १
उज्वेकस्थान
जोडर्न
बहराइन
किर्गिजस्थान
पेलिस्टाइन
भारत

पट २
थाइल्यान्ड
ताजिकिस्थान
फिलिपिन्स
तुर्केमिनिस्थान
म्यानमार
हङकङ

पट ३
यमन
कुवेत
अफगानिस्तान
मलेशिया
मालदिभ्स
सिंगापुर

पट ४
नेपाल
बँगलादेश
मँगोलिया
श्रीलंका

प्ले अफमा छनोट
गुआम
चाइनिज ताइपेई
कम्बोडिया
इन्डोनेशिया



प्रतिक्रिया दिनुहोस्