Logo

ऋषि धमलाको पहलमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण



काठमाडौं, ४ असार । बेलायतस्थित् खाल्सा एड ईन्टरनेश्नलले नेपालको ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा उक्त संस्थाले नेपालमा १५० थना अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

पत्रकार धमलाले कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न पाउनु खुशीको कुरा भएको भन्दै सहयोग गर्ने संस्था खाल्सा एड ईन्टरनेश्नललाई धन्यवाद दिए । नेपालमा प्राकृतिक विपद् पर्दा पनि खाल्सा एडले निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै धमलाले अहिले कोरोना महामारीको बेलामा स्वास्थ्य सामाग्री सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

सोहीअनुसार हिजो धादिङको सल्यानटार स्वास्थ्य केन्द्रलाई ५ थान कन्सन्ट्रेटर प्रदान गरेको हो । कारीगाउँका दुई सय पचार घर परिवारलाई खाद्यान्न पनि सहयोग गरिएको छ । खाद्यान्नमा चामल, आलु, प्याज, दाल, नून, तेल रहेका छन् ।

यी स्वास्थ्य सामाग्री तथा खाद्यान्न ‘कन्ट्रिव्युसन फर नेपाल’ का सचिव रामप्रसाद बञ्जाराको उपस्थितिमा वितरण गरिएको थियो । बञ्जाराले आगामी दिनमा पनि यस्तोखाले सहयोगलाई निरन्तरता दिईने प्रतिबद्धता जनाए । खाल्सा एडका संस्थापक भने रवी सिंह हुन् । उनले नेपालमा २०७२ को महाभुकम्पमा पनि सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot