Logo

किर्तिपुरबाट ४ जुवाडे पक्राउ



काठमाडौं, ४ असार । तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय दिपक कुमार महर्जन लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७२ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्