Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ



ललितपुर, ३ असार । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले वैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो बमोजिमको १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्