Logo

रुसले कसरी पत्ता लगायो सीमा नजिक पुगेका ५४ वटा खुफिया विमान



एजेन्सी, ४ असार । रुसको सीमा छेउ एक हप्ताबीच ५४ वटा विदेशी खुफिया विमान आए । राडारले सायदै पत्ता लगाउन सक्ने अत्याधुनिक प्रविधियुक्त त्यस्ता खुफिया विमानबारे रुसको रक्षा मन्त्रालयले खुलाएको छ ।

रुसको रक्षा मन्त्रालयको पत्रिकाले शुक्रबार यसबारे उल्लेख गरेको छ । पत्रिकाकाले ४९ वटा खुफिया विमान र पाँचवटा ड्रोन छिरेको ग्राफसमेत प्रकाशित गरेको छ ।

रुससँग अत्याधुनिक राडार स्टेशन छ जसले जतिसुकै अत्याधुनिक प्रविधियुक्त विमानबारे पत्ता लगाउन सक्छ । खुफिया विमानसँग यस्तो प्रविधि हुन्छ जसलाई कमैमात्र राडारले ठम्याउन सक्छ । तर, रुसले विश्वको कुनैपनि देशको विमान आफ्नो आकाशमा प्रवेश गरेको पत्ता लगाइछाड्छ । त्यस्तो राडार रुससँग छ ।

रुसले अत्याधुनिक राडार विकास गरेपछि कतिपय देशहरुले खरिद पनि गरेका छन् । इरानले रुसमा निर्मित रेजोनान्स एनइ राडार प्रयोगमा ल्याइरहेको छ । यसले राडारले पनि पत्ता लगाउन नसक्ने गरी विकास गरिएका कतिपय विमानहरु ठम्याउन सकेको छ ।-तस्बिर स्रोतः तास



प्रतिक्रिया दिनुहोस्