Logo

आँचल शर्मा लेख्छिन्ः ‘सबैको सपना मेलम्चीले बगाएको छ’



काठमाडौं, ४ असार । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए । ।

नायिका शर्माले पिडितलाई राहत वितरण गरेर फर्किएपछि सिन्धुपाल्चोकको अवस्था कहाली लाग्दो भएको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’

 

उनले धेरै अभियान्ता, कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो भन्दै आफुहरु पनि सानो सारथी बनेर त्यहाँ पुगेको उल्लेख गरेकी छिन् ।
जो जता भएपनि तत्काल सहयोग गर्नु पर्ने परिस्थिती रहेको उनको तर्क छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेल्मचीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।

आज धेरै अभियान्ता , कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो र हामी पनि त्यस्तै सानो सारथी बनेर पुगेका थियौ ।
जो जता हुनुहुन्छ जे सक्नुहुन्छ तत्काल सवैले सकेको सहयोग गर्नु पर्ने परिस्थिती हामीले देख्यौ । धन्यवाद छ काठमाण्डौँ देखि हामीसँगै उपस्थित भई सहयोग गर्नुहुने निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल र अन्य साथी भाई ।’


प्रतिक्रिया दिनुहोस्