Logo

महन्थ ठाकुर पहिलो अध्यक्ष भनेर पार्टीको विधानमा कहाँ लेखिएको छ ? : राजेन्द्र श्रेष्ठ (भिडिओसहित)



जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले पार्टीमा महन्थ ठाकुर पहिलो अध्यक्ष भनेर कहाँ लेखिएको छ ? भनेर प्रश्न उठाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ हाम्रो पार्टीमा कुनै फलानो नेता यति नम्बर र अर्को उति नम्बर भन्ने कुरा छैन् । तपाईजस्तो वरिष्ठ पत्रकारले पनि छ रे नि त भनेर हुन्छ ? विधानमा हुनु परेन ? पार्टीको विधानको धारामा कहाँनिर लेखिएको छ ? विधान पल्टाएर हेरेर भन्नुपर्यो नि । त्यस्तो कुरा गरेर हुन्छ ?’ उनले आफूहरुले पार्टी एकताको लागि धेरै प्रयास गरेको पनि सुनाए ।

अहिलेको राजनीतिक परिस्थितिबारे कसरी समिक्षा गर्नुहुन्छ ?

अब वर्तमान स्थितिमा सर्वोच्च अदालतमा संसद् पूनःस्थापनाका सम्बन्धमा मुद्दा चलिरहेका छन । त्यसको निम्ति बहस हुँदैछ । बिभिन्न प्रदेशहरुमा सरकार परिवर्तनका घटनाहरु घटिरहेका छन् । देशमा विनासकारी रूपमा बाढी आएको छ । पहिरो गएका छन् । सिन्धुपाल्चोकको मेलम्ची हेलम्बु क्षेत्रमा निकै ठुलो बाढी आएको छ । त्यहाँ जनधनको क्षति भएको छ । मनाङमा पनि क्षति भएको छ, यी सबै स्थितिको हामी समिक्षा गर्दैछौँ ।

तपाईँहरु विश्लेषण गर्दै हुनुहुन्छ तर, महन्थ ठाकुरले त तपाईँलाई कारवाही गरिसक्नुभयो नि त ?

सबैभन्दा पहिला त म जो अहिलेको बाढी/पहिरोबाट पीडित भएका छन्, उहाँहरुप्रति सहानुभुति राख्न चाहान्छु । मृतहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । पीडित सबैलाई छिटो उद्धार र राहतको काममा जान सरकारलाई पनि अनुरोध गर्दछु । र, हामीले पनि आफुले सक्दो त्यसमा सघाउने छौँ । अब तपाँईँले जुन कुराहरु गर्नुभएको छ । आफू कमजोर भएपछि जे पनि गर्दा हुन्छ भन्ने खालको चिन्तन नेपालमा देखिन्छ । अब ओली सरकारले विधिको शासन नमान्ने अर्थात् संविधानको सर्वोच्चता नमान्ने अनि विधिको शासनको कुरा गर्छन् । अब पार्टीभित्र पनि यस्तो प्रवृत्ति देखिन्छ कि विधानलाई नमान्ने, संस्थालाई नमान्ने अनि संस्थागत परिपार्टी र विधिको शासन, विधान नमान्नेहरु पनि छन् । र कतै विधिको शासनको पक्षधर हुन्छ र पार्टीको विधानले स्पष्टका साथ ५३ सदस्यीय कार्यकारिणी समिति भन्ने कराहरु स्पष्ट भनेके छ । अब आफु अल्पमतमा परे भन्दैमा एक्लै मनपरि ढङगले विस्तार गर्ने । शक्ति सन्तुलनका लागि आफ्नो कार्यकर्ताहरुलाई चाहीँ ल है हामी छौँ भन्नका लागि त भन्न सकिएला त्यो विधिसम्मत् र पद्धतीसम्मत् अनि नियम, कानून र संविधानसम्मत कुुराहरु होईन । त्यसलाई मान्यता प्राप्त हुने कुराहरु पनि छैन ।

होईन, पहिलो नम्बरको अध्यक्ष महन्थजीलाई दोस्रो नम्बरको अध्यक्ष उपेन्द्र यादवले हटाउन सक्ने अधिकार छैन नि ?

कसले भन्यो ? पार्टीमा कुनै फलानो नेता यति नम्बर र अर्को उति नम्बर भन्ने कुरा त छैन ।

तर विधानमा छ रे नि त ? धेरै नेताले ठाकुर नै पहिलो अध्यक्ष भनेका छन् नि ?

तपाईजस्तो वरिष्ठ पत्रकारले पनि छ रे नि त भनेर हुन्छ ? विधानमा हुनु परेन ? पार्टीको विधानको धारामा कहाँनेर लेखिएको छ ? विधान पल्टाएर हेरर भन्नुपर्यो नि । त्यस्तो कुरा गरेर हुन्छ ।

होईन, महन्थ ठाकुरले तपाईँलाई एक्सन गरिसक्नुभयो नि, पार्टी त फुट्यो नि ?

होईन, पार्टी त एउटै छ अहिलेसम्म । तर, हामीले स्पष्ट भनेका छौँ–पार्टीलाई चाहीँ बचाएर लानुपर्छ भन्ने हामीले लामो समयसम्म एक्लै हिँड्न खोज्दापनि त्यसलाई हामीले विवाद गरेनौँ । जस्तै दुई जना साथीहरुलाई ओलीसंग सुटुक्क बार्ता गर्न पठाउनु भयो । हामीलाई थाहा नै थिएन । पछि थाहा भएपछि पनि हामी ल अब यसलाई धेरै ठुलो विवादको विषय बनाउनु भन्दापनि अब हामीले सकारात्मक ढङगले भुमिका खेल्ने र खास गरेर कार्यकर्ताहरुको पीडा जुन गलत ढङगले झुठा मुद्दा लगाईएका छन्, त्यसमा हाम्रो पनि सकारात्मक नै भुमिका रहन्छ भनेर हामीले भन्यौँ । कुनै पनि ठाँउमा वार्ता गर्नका लागि सरकारले वार्ता समिति बनाउछ त ? वार्ता समिति त पार्टीको कार्यकारिणी समितिले बनाउँछ नि । विगतदेखिको नजिर त त्यही छ ।

तपाईको पार्टीमा कसरी समस्या उत्पन्न भयो त ?

अब अहिले त कस्तो देखिन्छ भने सामन्ती युगमा राजा/महाराजाहरुले म नै राज्य हँ, म नै देश हँ भनेजस्तोगरि अध्यक्ष नै देश हो, अध्यक्ष नै राज्य हो, अनि अध्यक्ष नै पार्टी हो, यस्तो हुन्छ । त्यसकारणले यो सामन्ती युगको पार्टीहरुमा फलाना लिडर अब द ग्रेड भन्ने हँुदैन । पुँजीवादी युगमा पनि हामीजस्तो व्यक्ति नै प्रधान हो, समाज केही होईन भन्छन नि, पुजीबादीहरु पार्टीहरु चलाए भने पनि व्यक्ति ठुलो हो । संस्था केही होईन भने जस्तो जहाँ व्यक्ति ठुलो हो, संस्था केही होईन भन्नेजस्तो एकजनाले निर्णय गर्ने अरु फटाफट त्यसलाई लाहाछाप लगाउने एउटा संस्था हन्छ क्या । त्यस्तो किसिमको अध्यक्षतात्मक प्रणाली हामीले ल्याएकै छैनोँ । विधानको प्रस्तावनाले स्पष्ट रुपमा के भन्छ भने जनता समाजवादी पार्टी सामूहिक नेतृत्व र नयाँ नेतृत्व भएको पार्टी हो भनेर त प्रस्तावनामा नै भनेको छ । अझ विधानले संगठनात्मक सिद्धान्त काँग्रेस र कम्युनिष्टले भन्दा अलि भीन्न ढङगले विधानको धारा ४७ मा स्पष्ट रुपमा के लेखियो भने हाम्रो पार्टी लोकतान्तिक सिद्धान्तनुसार चल्छ भन्ने लेखिएको छ । कम्युनिष्ट पार्टी जनबादी केन्द्रका भन्छन । काँग्रेसले आफुलाई लोकतान्त्रिक भन्छ । यिनीहरुको आ–आफ्ना छन । जनबादी केन्द्रियताले केन्द्रीकृत पार्टी चलाउन खोज्यो, लोकतान्तिक पद्धती भन्नाले त्यो सुन्दा त राम्रो हो । तर, त्यो हाम्रोजस्तो बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा एकल जातिय पार्टीहरु बन्दै गए ।

बाँकी भिडिओमाः



प्रतिक्रिया दिनुहोस्