Logo

४ दिनमा १३ अर्ब डलर गुमाउने यी भारतीय अर्बपति



एजेन्सी, ४ असार । ४ दिनमा १५ खर्ब नेपाली रुपैयाँ गुमाउँदा धनाढ्यलाई कति पीडा होला । तर, भारतका अर्बपति गौतम अडानीले ४ दिनमै १३ अर्ब डलर अर्थात् १५ खर्ब ४३ अर्ब नेपाली रुपैयाँ बराबरको धन गुमाएका छन् ।

५८ वर्षीय अडानी तिव्र गतिमा धन जम्मा गरिरहेका मध्येका थिए । तर, उनले ४ दिनमा १३ अर्ब २० करोड डलर गुमाउँदा धन घटेको छ । उनीसँग ४ दिनअघि साँढे ६३ अर्ब डलर सम्पत्ति थियो । अहिले घटेर ५० अर्ब ३० करोड डलरमा झरेको ब्लुमवर्ग बिलिनरिज इन्डेक्सले जनाएको छ ।

अडानीले एशियाका धनाढ्य मुकेश अम्बानीलाई उछिन्ने गति लिइरहेका थिए । तर, सोमबारबाट उनको धन ह्वात्तै घट्न थाल्यो ।

इकोनोमिक टाइम्सले अडानीको फार्मको शेयरबारे सनसनीपूर्ण खबर छापेपछि असर गरेको छ । खबरमा भारतको राष्ट्रिय शेयर डिपोजिटरीले मौरिसस केन्द्र रहेको तीनवटा कोष सिल गरिदियो । तीनवटा कोषमा ६ अर्ब डलर थियो । ती अडानी ग्रुपको शेयर थिए । तीनवटै फर्मका हकवालाबारे पर्याप्त सूचना नभएको भन्दै सिल गरिएको थियो । यसले अडानीको व्यवसायमा ठूलो धक्का लागेको छ ।



प्रतिक्रिया दिनुहोस्