Logo

स्वस्तिमाले चलचित्र क्षेत्रका प्राविधिकहरुलाई घरमै पुगेर सहयोग गर्ने



काठमाडौं, ४ असार । चलचित्र क्षेत्र कोरोना महामारीले आक्रान्त बनेको बेलामा नायिका स्वस्तिमा खड्काले प्राविधिकहरुको घरमै पुगेर नगद र खाद्यान्न सहयोग गर्ने भएकी छिन् । सामाजिक सञ्जालमार्फत स्वस्तिमाले दैनिक जीवनयापन गर्न मुस्किल भएका प्राविधिकहरुको घरमै पुगेर सहयोग गर्ने जानकारी दिएकी हुन् ।

स्वस्तिमाले प्राविधिकहरुको जीवनयापनलाई सहज बनाउन सहयोग अभियान चलाएकी थिइन् । उनले अभियान अन्तर्गत सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई पनि धन्यवाद दिएकी छिन् । केही दिनमा दयनिय अवस्था भएका न्युन पारिश्रमिकमा काम गर्ने प्राविधिकहरुलाई नगद र खाद्यान्न सहयोग गर्ने उनको तयारी छ । उनले पर्दा पछाडीका हिरोहरु,  घरपरिवार चलाउन गाह्रो भएकाहरुको लागि सहयोगमा जुटेको पनि बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले नेपाली चलचित्र क्षेत्रका पर्दा पछाडी नायकहरु जो दैनीक रुपमा काम गरेर आफ्नो तथा घरपरिवारको गुजारा चलाउनु हुन्छ वहाँहरुको लागी केहि गरौ, किनभने अहिलेको यो बिषम परिस्थितीमा वाहाहरुलाई हाम्रो खाचो रहेको छ भन्ने कुरा बुझेर ती पर्दा पछाडीका हिरोहरुलाई सहयोग गर्ने अभियान चलायदा उक्त अभियानमा जोडिएर सहयोग गर्नु भएको बिभिन्न ब्यक्ति लगायत तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । नेपाल चलचित्र क्षेत्रमा दैनीकी रुपमा काम गर्ने केही श्रमिक दाजुभाई तथा दिदिबहिनीहरु लाई सहयोग गर्न गई रहेका छौं र अहिलेको समयलाई हामीले ध्यानमा राख्दै श्रमिक दाजुभाईहरुलाई वाहाहरुको घरमै पुगेर केहि रकम र राशन सहयोग गर्ने छौ | अन्त्यमा फेरि यो अभियानमा साथ र सहयोग गर्ने सम्पूर्णलाई मनैदेखी धन्यवाद दिन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्