Logo

जसपा यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न फेरि निर्वाचन आयोग पुग्यो



काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न फेरि निर्वाचन आयोग पुगेको छ । आयोगको कार्यालयमा अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, नेता राजेन्द्र श्रेष्ठलगायत पुगेका छन् ।

यादव पक्षले पार्टीको सर्वोच्च निकाय कार्यकारिणी समितिमा ३० जनाको बहुमत हस्ताक्षरसहित आधिकारिकता दावी गरेको हो । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।

पछिल्लो समय जसपामा यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुरबीच एकले अर्कालाई कारबाही गर्ने सिलसिला चलिरहेको छ । हिजोमात्रै बसेको यादव पक्षको कार्यकारिणी समितिको बैठकले जसपाबाट सरकारमा सहभागी नौं जना मन्त्रीहरुलाई पार्टीबाट नै निश्काषन गर्ने निर्णय गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्