Logo

रक्सीको लत छुटाउन अस्पतालमा भर्ना भएका बावुले छोरा काखमा च्यापेर ४ तलाबाट हाम फालेपछि…



एजेन्सी, ४ असार । रक्सीको लत छुटाउन अस्पताल भर्ना भएका एक व्यक्तिले छोरासहित ४ तालमाथिबाट हाम फालेका छन् । रक्सीको लत छुटाउन भारतको बरेलीस्थित गंगालाल अस्पतालमा भर्ना भएका बनखाना निवासी दिपक कश्यपले शुक्रबार १० वर्षका छोरासहित ४ तलाबाट हाम फालेका हुन् । हामफाल्दा बाबु छोरा दुवैको घटनास्थलमै निधन भएको छ ।

घटनापछि अस्पतालको माहौल आतकिंत बनेको थियो । ती व्यक्तिले हामफालेको खबर पछि पुगेको प्रहरीले हालसम्म बाबु छोराले अस्पतालको चौथो तलाबाट हाम फालेको कारण पत्ता लगाउन सकेको छैन् ।

बनखाना निवासी दिपक कश्यप ३ दिनदेखि उक्त अस्पताल भर्ना भएका थिए । दिपकलाई रक्सीको लत थियो । लत छुटाउनकै लागि उनी भर्ना भएका थिए। शुक्रबार दिउसो २ बजेतिर दिपक आफ्नो छोरा दिव्यन्शसँग वार्ड भन्दा बाहिर छतमा निस्केका थिए । छतमा केही समय उभिएपछि छोरालाई आफ्नो काखमा राखेर हाम फालेका हुन् ।

माथिबाट खस्दै गर्दा दुवैजनाको मृत्यु भइसकेको थियो । दिपककी आमा अस्पतालमै थिइन् । उनको रुँदा रुदै अवस्था बिग्रिएको छ । सुचना पाएपछि आफन्त पनि अस्पताल पुगे । प्रहरीले अस्पतालको सिसिटीभि फुटेज र व्यवस्थापनको सँग सोधपुछ गर्दै अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्