Logo

चरेस सहित एक पक्राउ



दार्चुला, ४ असार । अबैध लागूऔषध चरेस सहित एकजना पक्राउ परेका छन् । मार्मा गाउँपालिका–३ लटिनाथ बजारमा खुद्रा पसल गरी बस्ने सोही गाउँपालिका–४ घर भएका ४३ वर्षीय पदम बिष्टलाई करिब २८ ग्राम अबैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटीएको प्रहरीले उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्