Logo

ब्राउन सुगरसहित पक्राउ



झापा, ४ असार । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ शान्तिनगर टोलबाट २२ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका–६ शान्ति टोल बस्ने ३४ वर्षीय पबन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
उनलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्