Logo

आज २७ सय ६८ जनामा संक्रमण पुष्टि



काठमाडौं, ४ असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ७ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १७ हजार ९ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ४९ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार ३७ जनाको परीक्षणमा १९ सय ६३ जनाको संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्