Logo

मनाङेको साथले कृष्णचन्द्र अर्को चुनावसम्म मुख्यमन्त्री



पोखरा, ४ असार । आफैले राजीनामा दिनेबाहेकको अवस्थामा कृष्णचन्द्र नेपाली अर्को चुनावसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री रहने भएका छन् । आज उनले प्रदेश सभामा विश्वासको मत लिएपछि अर्को चुनावसम्म मुख्यमन्त्री सुनिश्चित गरेका छन् ।

विश्वासको मत लिन बसेको बैठमा ५८ जना उपस्थित भएका थिए । नेपालीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको थियो ।

प्रदेश सभामा नेपालीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दिपक मनाङेले विश्वासको मत दिएका थिए ।
मनाङेको निर्णायक मतकै कारण नेपालीलाई बहुमत दाबी गरेका आधारमा प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले आज विश्वासको मत लिंदा पनि मनाङेको मत महत्वपूर्ण सावित भयो ।



प्रतिक्रिया दिनुहोस्