Logo

गरिमा विकास बैंकद्वारा केसीएल असट्युटको शेयर स्वामित्व खरिद



काठमाडौं, ४ असार । गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गरेको छ । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका छन् ।

गरिमा विकास बैंकले केसीएलको ५१।२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौताअनुसार केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ । केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्