Logo

‘रियल’ मिल्खा सिंहको कोरोना संक्रमणबाट मृत्यु



नयाँदिल्ली, असार ५ । कोरोना संक्रमणबाट भारतीय कीर्तिमानी धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना भाईरसको उपचार गराईरहेका धावक सिंहको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

मे २० तारिखमा कोरोना संक्रमित भएका ९१ वर्षीया सिंहको चण्डीगढस्थित अस्पतालमा उपचार हुँदै आईरहेको थियो ।यही जुन ३ तारिखमा अस्पताल भर्ना भएका सिंहलाई जुन १३ सम्म आइसीयूमा राखी उपचार गरिएको थियो ।

त्यसपछि पीसीआर रिपोर्ट नेगेटिभ आएका सिंहको स्वास्थ्यमा पुन समस्या भएपछि आइसीयूमा राखिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्