Logo

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित



एजेन्सी । कोपा अमेरिका फुटबल अन्र्तगत आज विहान भएको खेलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ ।ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० गोल अन्तरबाट हराउदै अर्जेन्टिनाले पहिलो जित हात पारेको हो ।

समूह बीको अन्तर्गतको यो गुइडो रोड्रिगुएजको निर्णायक गोल गोलसँगै अर्जेन्टीना विजयी भएको हो । पहिलो खेलमा चिलीसंग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना यो जितसंगै २ खेलमा ४ अंक जोडेर समूह बीको पहिलो स्थानमा पुगेको छ ।

यहि समूहमा चिलीले बोलीभियालाई १–० गोल अन्तरले हराएर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । चीलिका लागि बेन बेरेटनले निर्णायक गोल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्