Logo

विशाल हृदय भएका यी अर्बपति जसले दैनिक करोडौं दान गर्छन्



एजेन्सी, ५ असार । भारतमा अर्बपतिहरुको संख्या वर्षेनी बढिरहेको छ । अर्बपतिहरु दैनिक अर्ब भारतीय रुपैयाँको सम्पत्ति थपिरहेका छन् । उनीहरु सम्पत्ति कमाइरहँदा दान पनि त्यतिकै गरिरहेका छन् ।

भारतमा अर्बपतिहरुमा दानवीर बन्ने होडवाजी नै चलेको छ । ठूलो अर्बपतिहरु दैनिक करोडौं रुपैयाँ दान गर्न थालेका छन् ।

पीटीआइका अनुसार भारतका अर्बपति अजिम प्रेमजीले दैनिक सरदर २२ करोड भारु दान गरेका छन् । उनले गत वर्ष ७९०४ करोड भारु दान गरेका छन् । प्रेमजीको आइटी क्षेत्रमा व्यवसाय छ ।

शिव नाडारले गत वर्ष ७९५ करोड भारु दान गरेका छन् । उनले त्यो भन्दा अघिल्लो वर्ष ८२६ करोड दान गरेका थिए ।

एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानीले ४५८ करोड दान गरेका छन् । उनले विगत वर्षको तुलनामा दान रकम बढाएका छन् ।

आदित्य बिरला ग्रुपका कुमार मंगलम बिरला बढी दान गर्नेमध्ये चौंथो स्थानमा छन् । उनीपछि वेदान्त ग्रुपमका अनिल अग्रवाल दानवीर देखिएका छन् ।

भारतका यी अर्बपतिहरुले स्वास्थ्य, सामाजिक र शिक्षा क्षेत्रमा बढी दान गरेका छन् । उनीहरुले समाज विकासमध्ये महिला सशक्तिकरण र बालबालिकाको शिक्षामा पनि दान गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्