Logo

उपेन्द्र यादव सरकारमा जानको लागि वितण्डा मच्चाइरहनुभएको छ : झा (भिडिओसहित)



काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी, नेपालका युवा नेता राजीव झाले पार्टीभित्र अहिले मतभिन्नता देखिएको भएपनि यसलाई लिएर पार्टी फुटेको भनेर भन्न नहुने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले यस्तो बताएका हुन् ।

उनले भने,‘जसपा फुटेको छैन् । अहिले सबै पार्टीमा मतभिन्नता हुन्छन् । छन् । जसपामा पनि मतभिन्नता छ । कांग्रेसमा पनि छ । माओवादी केन्द्रमा पनि छ । लोकतन्त्रमा मतभिन्नता देखिनु राम्रो कुरा हो ।’ उनले पार्टीका अध्यक्ष उपेन्द्र यादवले हैकमवादी शासन चलाउन खोजेको आरोप लगाए । उनले आफ्नो पार्टी मुद्दा बोकेको पार्टी भएकोले उपेन्द्र यादवले अहिले सरकारमा जानको लागि नै वितण्डा मच्चाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्