Logo

उत्तर कोरियामा मल बनाउन प्रति व्यक्ति दैनिक दुई लिटर पिसाब



एजेन्सी, ५ असार । खाद्य संकटले उत्तर कोरिया ठूलो भोकमरीमा पर्ने खतरा बढेको छ । गत वर्षको बाढी र आँधीले बालीनालीमा नोक्शानी पुगेपछि कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरीको खतरा बढेको हो ।

उत्तर कोरियामा यतिबेला प्रति केस्रा केरा एक हजार रुपैयाँ पर्न थालेको छ । सर्वसाधारण दैनिक दुई छाकमा सिमित भएका छन् । प्रायः मकैंमात्र खाएर बाँच्नुपर्ने अवस्था बनेको छ । मकैं प्रतिकेजी २ डलर पर्न थालेको छ । चामल पनि महङ्गिएको छ ।

गत महिना रेडियो फ्रि एशियाको रिपोर्ट अनुसार उत्तर कोरियाली किसानहरुलाई दैनिक दुई लिटर पिसाब मल बनाउन प्रयोगमा ल्याउन भनिएको छ । त्यहाँ मलको पनि संकट परेको छ ।



प्रतिक्रिया दिनुहोस्