Logo

मन्त्री चौधरीलाई जन्मस्थान मटिहानीमा भव्य स्वागत (फोटोफिचर)



जनकपुर, ५ असार । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीलाई जन्मस्थान महोत्तरीको मटिहानीमा जनताले भव्य स्वागत गरेका छन् । मन्त्री भएपछि पहिलोपटक उनी हिजो (शुक्रवार) जन्मस्थान महोत्तरीको मटिहानी आएकी हुन् । मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेको उनको सचिवालयले जनाएको छ ।

मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले आफना स्वर्गीय दाजुलाई सम्झना गर्दै भावुक हुँदै भनिन्–‘मैले कहिल्यैपनि क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइनँ, तपाईहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ ।’

आफु जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग पाएको भन्दै आफु मन्त्री पदमा भएपनि वा नभएपनि सधैं जनताको दुःख र सुखमा साथ रहने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरिन् ।

सामाजिक कार्यमा सधैं अग्रपंक्तिमा रहेकी मन्त्री चौधरी नियुक्त भएपछि जिल्ला पुग्दा स्थानीय जनता निकै खुशी देखिन्थे । त्यस्तै, मन्त्री चौधरीले शनिवार विहान जनकपुरमा रहेको माता जानकीको मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।

आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश साँसदहरुसँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छिन । मन्त्री चौधरी नागरिक समाज, स्थानीय नेता तथा कार्यकर्ता र आम सर्वसाधारण पत्रकारहरुसँग छोटो छलफल समेत गरेकी छिन ।



प्रतिक्रिया दिनुहोस्