Logo

मेलम्ची बाढी पीडितलाई आयल निगमकोतर्फबाट भट्टराईले १५ लाखको राहत बाँडे



काठमाडौं, ५ असार । नेपाल आयल निगमले मेलम्ची बाढीपहिरो पीडितलाई १५ लाख भन्दा बढीको राहत वितरण गरेको छ । निगमका तर्फबाट सञ्चालक समिति अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले मेलम्ची पुगेर राहत सामग्री वितरण गरेका हुन् ।

सञ्चालक समितिका अध्यक्ष भट्टराईका अनुसार निमगका तर्फबाट दुई सय ५० सिलिन्डर भरेको ग्यास, करिब ३५ थान ग्यास स्टप, २ सय ५० कार्टुन डाइजेष्टिक विस्कुट मेलम्ची बाढी पीडितलाई बाँडिएको हो । पीडित २ सय ५० घर परिवारलाई तत्काल राहत होस् भन्ने हेतुले निगमले उक्त राहत सामग्री वितरण गरेको उनको भनाई छ ।

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले जनधन को क्षति हुँदा धेरै परिवार विचल्लीमा परेका छन् । निगमका सञ्चालक समिति अध्यक्ष भट्टराईको विशेष अग्रसरतामा निगमकातर्फबाट मेलम्ची बाढी पीडितलाई उक्त राहत सामग्री वितरण गरिएको हो।  राहत वितरणमा नेपालमा आयल निगमका कर्मचारी संघ, संगठनका पदाधिकारीसमेत उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्