Logo

नेतृत्वको दाबी गरेपछि धवल शमशेरलाई राप्रपामा रोक्न खोजियो



काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुरानो पुस्ताबाट नेतृत्व लिन अगाडि बढेका धवल शमशेर राणामाथि चुनौती बढेको छ । सार्वजनिक रुपमै नेतृत्वको दाबी प्रस्तुत गरेपछि राणा पेलाईमा परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणा राजनीतिक भूगोल बलियो रहेकामा पर्छन् । राप्रपाभित्र बलियो राजनीतिक भूगोल रहेका औंलाले गन्न सकिने नेतामध्येका राणाले पुरानो पुस्ताबाट नेतृत्वको दाबी गरेपछि उनलाई केन्द्रीय विशेष समितिमा समेत समावेश गरिएन ।

२५ सदस्यीय केन्द्रीय विशेष समितिमा अध्यक्षत्रयसहित सबैजसो पुराना पुस्ताका नेताहरु छन् । तर, धबल शमशेर परेनन् । उनी स्वतन्त्र उम्मेदवार बनेर पनि चुनाव जित्न सक्ने हैसियत राख्छन् । त्यसैले भविष्यमा नेतृत्वको दाबी गर्दै अगाडि बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्