Logo

भगवान झाको उपस्थितिमा १११ विपन्न परिवारलाई राहत वितरण (फोटोफिचर)



जनकपुर, ५ असार । ब्राह्मण एवम् दलितको सामाजिक गठबन्धनबाट धनुषाका विपन्न जनता खुशी भएका छन् । यस सामाजिक गठबन्धनबाट थप कार्यहरूको थालनी भएको सिडिई भगवान झाले जानकारी दिएका छन् । आज (शनिबार) धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष रामदुलार मुखियाको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रमको प्रमुख अतिथि भने झा नै थिए । उनले उक्त राहत वितरण कार्यक्रमको शुभारम्भ गर्न पाउँदा आफू गौरवान्तित भएको पनि जनाए ।

सभामा नेपाल निषाद संघका केंद्रीय पदाधिकारी बेचन मुखिया, स्थानीय समाजसेवी रामचन्द्र मुखिया एबम ब्राह्मण महासभा युवा समितिका प्रदेश अध्यक्ष जानकी रमण झा एबम ब्राह्मण युवा समिति धनुषाका अध्यक्ष मण्डलका सदस्य भवन झासहित सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । हालसम्म महासभाले विभिन्न संघ÷संथासित सहकार्य गरी प्रदेश १ र २ मा करिब एक हजार विपन्न परिवारमा कोभिड महामारीमा राहत पुर्याउन सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्