Logo

यूरो कपको उपाधि कस्ले जित्ला ?



काठमाडौं, ५ असार । यूरो कप फुटबलमा खेलप्रेमीहरुको ध्यान केन्द्रित छ । यूरो कपको छनोट चरणबाट केही देशहरु अघिल्लो चरणमा प्रवेश गरिसकेका छन् । छनोट चरणमा खेलाडीहरुको प्रदर्शन र टिमको शक्तिबाट पनि सम्भावित विजेताहरुको अनुमान हुन थालेको छ ।

यसपटक यूरोकपमा समूह ए बाट इटाली दोस्रो चरणमा प्रवेश गरिसकेको छ । इटाली आक्रामक खेल खेल्ने पुरानो शैलीलाई निरन्तरता दिइरहेको छ । बल बढी समय लिने भन्दा छिटो आक्रमण गर्ने इटालीको रणनीति हुने गरेको छ । यसपटक यूरो कपको बलियो दाबेदार इटाली पनि हो ।

समूह ख बाट बेल्जियम अघिल्लो चरण प्रवेश गरिसकेको छ । बेल्जियम फुटबलको गोल्डन युगमा छ । खेलमा पछि परेको अवस्थालाई बदल्ने क्षमता बेल्जियमका खेलाडीले राख्दै आएका छन् । डेनमार्कसँग पछि पर्दाको बाबजुद फर्कदै जीत हासिल गरी दोस्रो चरणमा स्थान पक्का गरेको हो । बेल्जियम पनि यूरो कपको बलियो दाबेदार हो ।

समूह ग बाट नेदरल्यान्ड पनि अघिल्लो चरणमा प्रवेश गरेको छ । नेदरल्यान्ड पनि दाबेदारका रुपमा देखिएको छ ।

समूह घ बाट चेक रिपब्लिक र इंगल्यान्ड बलियो देखिएका छन् । इंग्ल्यान्ड यूरोप कपको दाबेदार राष्ट्र हो । यसपटक चेक रिपब्लिक पनि बलियो देखिएको छ । चेकका खेलाडीहरुको खेलको निकै प्रशंशा हुनथालेको छ ।

समूह ङ मा स्पेन र स्वीडेन जस्ता देशहरु छन् । तर, स्लोभाकिया बलियो चुनौती देखिएको छ । यो समूहका स्पेन र स्वीडेन यूरो कपका दाबेदार मानिएका छन् ।

समूह च मा तीनवटा फुटबलका महाशक्ति छन् । पोर्चुगल यूरो कपको साविक विजेता राष्ट्र हो । उसले फेरि यूरो कप जित्ने लक्ष्यका साथ खेल प्रस्तुती देखाएको छ ।

रोनाल्डोबाट टोली प्रोत्साहित छ । फ्रान्स विश्व विजेता हो । जर्मनी पनि यही समूहमा छ । यो समूहबाट तीनवटै देश यूरो कपको दाबेदार मानिएका छन् । उनीहरुले त्यसरी नै खेल पस्किएका छन् ।

यूरो कपमा सबैजसो टोलीहरुको खेलस्तर उस्तै छ । सबै टोली एक अर्कालाई बलियो चुनौती दिन सकिरहेका छन् । यसकारण विजेता टोली सजिलै अनुमान गर्न कठिन छ । तर, फुटबलमा वर्चश्व कायम राख्दै आएका यूरोपका देशहरुबाट नयाँ टोलीले विजेता बन्ने सम्भावना नरहेको भने होइन ।



प्रतिक्रिया दिनुहोस्