Logo

युरोकप : जर्मनीद्धारा पोर्चुगल ४-२ ले पराजित



काठमाडौं, ५ असार । युरोकपको आजको खेलमा जर्मनीले डिफेण्डिङ च्याम्पियन पोर्चुगललाई ४–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आज सम्पन्न खेलमा पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पोर्चुगलको लागि रोनाल्डोले खेलको १५ मिनेटमा नै गोल गरेका थिए ।

तर, पोर्चुगलले ३५ र ३९औं मिनेटमा आत्घाती गोल व्यहोरेको थियो । खेलमा जर्मनीका लागि हवार्जले ५१ र रोबिन गोसेन्सले ६०औं मिनेटमा एक/एक गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलका लागि जोटाले ६७औं मिनेटमा एक गोल गरे । खेलमा थप गोल भएन । खेलमा जर्मनीको दबदबा रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्