Logo

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै



काठमाडौं, ६ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको जेठ २ गते स्थगित भएको साधारण सभा आज हुँदैछ । सभा बाराको सिमरास्थित होटल इच्छामा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आज बस्ने सभाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरणको प्रस्ताव गर्ने भएको छ । साथै हाल कामय भएको संस्थापक र शेयरधनीको स्वामित्व अनुपात ६०ः४० लाई शेयर संरचना परिर्वतन गरेर ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत आजको सभाले पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot