Logo

आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ सार्वजनिक



काठमाडौं, ६ असार । गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत सार्वजनिक भएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेका हुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय रहेको छ । गौरव गिरिले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीको छायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्