Logo

मेलम्चीका बाढी पीडितलाई श्वेताले हेलिकप्टरबाट खाद्यान्न पुरयाइन्



काठमाडौं, ६ असार । मंगलबार इन्द्रावती नदीमा आएको बाढीले विस्थापित भएका परिवारलाई नायिकमेलम्चीका सयौ परिवारलाई नायिका श्वेता खड्काले हेलिकप्टरमार्फत खाद्यान्य पुरयाएकी छिन् ।
श्वेताले १०० जना बाढी पीडितको लागि चामल, सिरक, डस्ना, दाल, तेल, बेसार र स्यानेटरी प्याड लगायतका सामान वितरण गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘ ‘हेलिकप्टर जस्तो महंगो ढुवानीको साधन प्रयोग गरेर भए पनि विकट गाउँहरुमा खाद्य सामाग्री पु¥याउन मात्रै होइन एकजना सुत्केरी बहिनीलाई सोही हेलिकप्टर प्रयोग गरी उद्दार गर्नुका साथै व्यक्तिगत रुपमा २५ हजार सहयोग गर्न पाउँदा करोडौंको काम गरिएको महशुस भएको छ ।’

श्वेताले शुक्रबारसम्म ११ लाख भन्दा बढी संकलन भइसकेको जानकारी दिएकी छिन् । अबको राहत वितरणको दोसो चरणमा सुत्केरी महिला र बालबालिकाहरुलाई लक्षित गर्ने प्रतिवद्धता गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्