Logo

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवक पक्राउ



सिन्धुली, ६ असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी, बर्दिबास नगरपालिका १० बस्ने २० वर्षीय अभिषेक परियार आइतबार बिहान पक्राउ परेका हुन् ।

ईटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा।४ ख ४३०९ नम्बरको हाईस गाडीलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा गाडीका सहचालक परियारले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्