Logo

बाबुरामको टिप्पणी : अहिले देशको चौतर्फी संकटको कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशको चौतर्फी संकटको प्रमुख कारण भनेको राजनीति, दल र नेतृत्वको स्खलन नै भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाॅ बनाउने आँट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!”



प्रतिक्रिया दिनुहोस्