Logo

मन्त्री चौधरीलाई जनकपुरमा ५१ किलोको फूलमालाले सम्मान, स्थानीय तहमा महिला शाखा स्थापना गर्ने घोषणा



जनकपुर, ६ असार। महिला, बालकालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले स्थानीय तहमा चाँडै महिला शाखा स्थापना गर्ने स्पष्ट पारेकी छिन् । शनिबार जनकपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले महिला हकअधिकार, बालबालिका र जेष्ठ नागरिकका लागि मिलन केन्द्र स्थापना गर्ने पनि बताईन् ।

महिला, बालकालिका र ज्येष्ठ नागरिकको समस्यालाई केन्द्र विन्दुमा राखेर आफुले काम सुरु गरेको मन्त्री चौधरीको भनाई थियो । मन्त्री भएपछि चौधरी पहिलोपटक जन्मस्थान महोत्तरी र जनकपुरमा आयोजित विभिन्न स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएकी हुन् । जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टीका नेता तथब कार्यकर्ताले मन्त्री चौधरीलाई ५१ किलोको फुलमाला लगाएर सम्मान गरेका थिए । सो अवसरमा उधोग वाणिज्य संघ जनकपुरले मन्त्री चौधरीलाई जानकी मन्दिर माया चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम