Logo

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गुरुङको मृत्यु दाबी भुक्तानी



काठमाडौं, ६ असार । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्व.सूकूना गुरुङको मृत्यू दावी भूक्तानी गरेको छ । लाजिम्पाटस्थित् आफ्नो भवनमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले गुरुङको मृत्यु दाबी भुक्तानी गरेको हो ।

स्व.सूकूना गुङले सन् २०१९ जुन ३ मा रु. पचास लाखको दोहोरो दुर्घटना लाभ सहितको दश वर्षे अमृत श्री जीवन वीमालेख खरीद गरेकोे र सन् २०२१ मे २८ मा नीजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत रु. ५६,३०,०००। (छपन्न लाख तीस हजार मात्र) स्व. गुरुङको इच्छ्याइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङलाई भूक्तानी गरेको हो ।

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिनभित्र नै दाबी फस्र्यौट गरिएको जानकारी दाबी विभागका प्रमूख नविन श्रेष्ठले गराए ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्