Logo

नेप्से ६३ अंकले घट्दा ११ अर्बको कारोबार



काठमाडौं, ६ असार । आज शेयरबजारमा भारी अंकले गिरावट आएको छ ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से ६३ दशमलव २८ अंकले घटेर २९ सय ५ दशमलव १४ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२.६१ अंकले घटेर ५२८ दशमलव ५१ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २३१ कम्पनीको १ लाख २८ हजार २८१ पटक कारोबार भएर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्