Logo

भारी अंकले नेप्से घट्दा यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ६ असार । शेयर बजारमा आज ठुलो अंकले पहिरो गएको छ । नेप्से आज ६३ अंकले घटेर २९ सय ५ विन्दुमा थामिएको छ । आज २३१ कम्पनीको १ लाख २८ हजार २८१ पटक कारोबार भएर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य १८ सय ७५ रुपैयाँ मुल्य कायम भई ८० करोड २९ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल इन्स्योरेन्सको ४२ करोड ९८ लाख बढीको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ११ सय १३ रुपैयाँ कायम भएको छ । यसैगरी आज नेशनल हाइड्रोपावरको प्रतिकित्ता शेयरमुल्य ३०८ रुपैयाँ कायम भई ३३ करोड ४३ लाख बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्