Logo

दिल्लीमा लकडाउन झन् खुकुलो, पार्क देखि बार खुल्ने



एजेन्सी, ६ असार । भारतको नयाँ दिल्लीमा लकडाउन खुकुलो पारिएको छ । दिल्ली सरकारले आइतबार बार, सार्वजनिक पार्क, बगैंचा र गल्फ क्लबहरु सोमबारबाट खोल्ने घोषणा गरेको छ ।

दिल्लीमा रेष्टुरेन्टहरु सोमबारबाट खोल्न दिने निर्णय लिएको छ । योगा गतिविधिलाई पनि छूट दिइने भएको छ ।

बारहरु ५० प्रतिशत सिटमा साँझ १० बजेसम्म खोल्न दिने घोषणा समेत भएको छ ।

यसअघि गत हप्ता सबै पसल, बजार र मलहरु खोल्न दिइएको थियो । दिल्लीमा ६ हप्तासम्म लकडाउनमा कडाई गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्