Logo

कांग्रेस बागमती प्रदेश संसदीय दलले मेलम्ची बाढीपीडितलाई सहयोग गर्ने



काठमाडौं, ६ असार । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले सरकारले नसके मेलम्ची बाढीपहिरो पीडितलाई सम्पूर्ण सहयोग गर्ने बताए । मेलम्ची बाढी पीडितलाई आस्थायी रुपमा नाना, छाना (त्रिपाल) र खानाको व्यवस्था गर्ने बानियाँको घोषणा छ ।

उनले सरकारले बाढी पीडितलाई प्रयाप्त मात्रामा राहत उपलब्ध गराउन नसकेकाले आफूहरु सक्रिय रुपमा अघि बढ्ने उनको भनाई छ । त्यहिँ क्षेत्रका प्रदेशसभा सदस्य निमा शेर्पालाई साक्षी राखेर कांग्रेसले सकेको सहयोग गर्ने बानियाँको प्रतिबद्धता छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको तर्फबाट विपत कोष समेत स्थापना गर्ने नेता बानियाँको प्रस्ताव छ । ५ लाख दलका तर्फबाट ५ लाख आफ्नो व्यक्तिगत र अन्य सदस्यहरु तथा इच्छुक व्यक्तिबाट रकम जम्मा गरेर कोष बनाउने उनको प्रस्ताव छ ।

कोषको रकम देशमा विपत्ति परेका बेला दलको तर्फबाट परिचालन गर्न सकिन नेता बानियाँको तर्क छ । ‘मेलम्ची पीडितलाई आवश्यक सहयोग गर्न सरकारले सक्दिन भनेर हात झिकोस हामी पीडितको सम्पूर्ण जिम्मा लिन तयार छौ । यो हाम्रो प्रतिबद्धता भयो ।’ उनले भने



प्रतिक्रिया दिनुहोस्