Logo

झलनाथको स्वास्थ्यमा उल्लेख्य सुधार, अक्सिजन सपोर्ट हटाईयो



काठमाडौं, ६ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकिय सचिव कृष्ण भट्टराईले खनालको स्वास्थ्यमा सुधार आएको जनाए । अहिले खनाललाई अक्सिजन सपोर्टसमेत हटाईएको उनले जनाएका छन् ।

 

सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी दिएका हुन् । उनले थप स्वास्थ्योपचारको क्रममा केही समय भने लाग्ने जनाएका छन् । खनाल यतिवेला भारतस्थित् एपोलो अस्पतालमा उपचार गराईरहेका छन् । भट्टराईले लेखेका छन्-‘अहिले भरखरै मेरो Apollo Hospital Delhi मा पूर्व प्रधानमंत्री झलनाथ खनालज्यु संग प्रत्यक्ष फेस टु फेस भिडियोमा कुराकानी भयो। वहॉंको स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको छ। ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ।Oxygen Support पनि हटाइएको छ। थप स्वास्थ्य उपचारको क्रममा केहि समय भने लाग्नेछ। वहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सम्पूर्णमा जानकारी का लागि यो सूचना सम्प्रेषण गर्दछु। कृष्ण भट्टराई
स्वकीय सचिव, ६,असार २०७८।”



प्रतिक्रिया दिनुहोस्

Screenshot