Logo

इरानका निर्वाचित राष्ट्रपति सर्वोच्च नेता खमेनीका उत्तराधिकारी



एजेन्सी, ६ असार । इरानको राष्ट्रपतिमा निर्वाचित इब्राहिम रैसी वर्तमान प्रधानन्यायधीश हुन् । इरानका वर्तमान राष्ट्रपति हसन रुहानीको डेढ महिनापछि कार्यकाल सकिएपछि उनी राष्ट्रपति बन्नेछन् ।

६० वर्षीय रैसीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको जस्तै कालो पगडीं लगाएका छन् । यसको अर्थ उनी सैयद अर्थात् प्रोफेट मोहम्मदका उत्तराधिकारीको सन्देश हो ।

धार्मिक शिक्षा पाएका रैसीले खामेनीले जस्तै विशिष्ट धार्मिक नेताहरुबाट शिक्षा पाएका छन् । उनीमाथि ६ कक्षा मात्र अध्ययन गरेको विषय उठेको थियो । तर, उनले कानुनमा विद्यावारिधी गरेको बताएका छन् ।

सन् २०१७ मा वर्तमान राष्ट्रपति रुहानीसँग चुनाव लडेर पराजित भएका थिए । तर, उनले ४ वर्षमा माहोल तयार गरेर यसपटक जीत हासिल गरेका छन् ।

रैसी राष्ट्रपतिमा मात्र सिमित रहने छैनन् । उनी इरानका सर्वोच्च नेता खामेनीका उत्तराधिकारी पनि हुन् । ८२ वर्षीय खामेनीपछि रैसी नै सर्वोच्च नेता हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्