Logo

पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं, ६ असार । पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीस कुमार चुडालको एक इजलासले आज जनसम्पर्कमा हुनुपर्ने पत्रकारहरुलाई प्राथमिकताका साथ पहिलो खोप लगाएका दोस्रो र पहिलो खोप नलगाएकालाई कोरोना खोप लगाउने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य तथा अधिवक्ताहरु लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले काठमाडौं शाखाले माग गरे बमोजिम पत्रकारलाई खोप उपलब्ध गराउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्