Logo

देउवा हतारिनुभयो, उहाँ चुक्नुभयो : केसी (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा पूनः सभापति लड्ने भनेर गरेको उद्घोषलाई हतारको घोषणा भनेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘अझ अहिलेको परिस्थितिमा सबैलाई राखेर, नेताहरुलाई राखेर अब कसरी नेपाली काँग्रेसलाई प्रभावकारी रूपमा लिएर जानुपर्ने अहिलेको आवश्यकतामा अहिले टुँगोमा पुग्नुपर्ने उहाँ हतारिनुभयो । त्यसैले नेपाली काँग्रेसलाई सिंगो काँग्रेस बनाउने भन्दापनि आफ्नो टिमलाई मात्रै बोलाएर जुन किसिमको भेला गर्नुभयो, त्यो ठिक गर्नुभएन भन्ने सोच हो मेरो ।’ प्रस्तुत छ नेता केसीसँग गरिएको कुराकानीको सम्पादित अंश:

काँग्रेसभित्र सभापति को बन्ने भन्ने विषयमा होडबाजी चलिरहेको छ, तपाईँको समूहले शेरबहादुर देउवालाई समर्थन गर्छ कि आँफै उम्मेद्धवारी दिनुहुन्छ ?

होईन, अब नेपाली काँग्रेसको अधिवेशन पार्टीलाई बचाउनका निम्ति अब अधिवेशनको टुँगो भएको छ । अधिवेशन हुन्छ । हामी भर्खरै यो निर्णयमा पुगेका छौँ । अब नेपाली काँग्रेसभित्रको जुन किसिमको राजनीतिक समिकरण छ, त्यसलाई कसरी टुङगोमा पुगाउने भन्ने कुराको आजै निश्चित् भईसकेको छैन । किनभने अधिवेशन कस्तो अवस्थामा भईराखेको छ भने एकातिर कोरोना संक्रमणले राष्ट्र ग्रस्त छ । एकातिर बाढी÷पहिरो गएको अवस्था छ । अर्कोतिर राष्ट्रिय राजनीति अत्यन्त संकटमा छ । यो परिस्थितिमा नेपाली कांग्रेसको अधिवेशन हुँदैछ । यो अधिवेशन र हाम्रो एउटा अर्को जिम्मेवारी पनि छ–नेपाली काँग्रेसलाई एकताबद्ध र एक बनाएर हाउसलाई अर्डरमा राखेर राष्ट्रिय राजनीतिको नेतृत्व दिनुपर्ने परिस्थितिमा अहिले भर्खर निर्णय भएको छ ।

पार्टी सभापति देउवाले त फेरि पनि आँफै सभापति बन्छु, उम्मेद्धवारी दिन्छु भन्नुभएको छ नि ? अब तपाईँहरु के गर्नुहुन्छ ? उहाँलाई सहयोग गर्ने कि तपाईँहरुको तर्फबाट पनि उम्मेद्धवारी दिनुहुन्छ ? के छ तयारी ?

शेरबहादुरजीले त सभापतिमा उठ्छु भनेर भन्ने अधिकारप्राप्त व्यक्ति नै हो । किनभने उहाँ अहिलेपनि सभापति हुनुहुन्छ । सभापतिले नै म फेरि दोहोर्याएर सभापति बन्छु भनेको नै ठिक हो । नेपाली काँग्रेसको विधानले यसमा कुनै बन्देज लगाएको छैन । त्यसकारणले उहाँले भन्नु स्वभाविक हो । तर, उहाँले एकपटक सम्पुर्ण कार्यसमिति सदस्यलाई बैठकमा नै यसलाई कसरि अगाडि लाने भनेर भन्नुभएको भए राम्रो हुन्थ्यो । हाम्रो परम्परा पनि के छ भने–कृष्णप्रसाद भट्टराईको पालामा केन्द्रीय कार्यसमितिलाई उहाँले कसरी अगाडि बढाउनुहुन्थ्यो भने केन्द्रीय कार्यसमितिको तर्फबाट पार्टीको आधिकारिक उम्मेद्धवारीको घोषणा गर्ने चलन पनि थियो । उहाँ हतारिनुभयो । अझ अहिलेको परिस्थितिमा सबैलाई राखेर, नेताहरुलाई राखेर अब कसरी नेपाली काँग्रेसलाई प्रभावकारी रूपमा लिएर जानुपर्ने अहिलेको आवश्यकतामा अहिले टुँगोमा पुग्नुपर्ने उहाँ हतारिनुभयो । त्यसैले नेपाली काँग्रेसलाई सिंगो काँग्रेस बनाउने भन्दापनि आफ्नो टिमलाई मात्रै बोलाएर जुन किसिमको भेला गर्नुभयो, त्यो ठिक गर्नुभएन भन्ने सोच हो मेरो ।

उहाँले त सर्वसम्मत रूपमा मलाई सभापति बनाउ भन्नुभएको छ नि ? तपाईँहरु उहाँलाई सभापति बनाउने कि नबनाउने ?

उहाँले त मान्छे आफ्नो टिमका बोलाउने आफूसंग नजिक भएकालाई बोलाउने गर्नुभयो, मुख्य कुरा सर्वसम्मती त उहाँको टिमको हुनुपर्यो नि त । बास्तविकता नेपाली काँग्रेस त अहिले त एक छैन नि त । पार्टीभित्र त विभिन्न समूह छन् । यो बास्तविकतालाई त सबैले स्वीकार्नु गर्नुपर्यो नि त ।

होईन, यो बास्तविकतालाई तपाँईँहरुले स्वीकार्ने कि नस्वीकार्ने तपाईँ बताउनुहोस् न ? तपाईँ शेरबहादुर देउवालाई सभापतिमा फेरि स्वीर्कान तयार हुनुहुन्छ त ?

होईन, अहिले त्यो स्थिति आईसकेको छैन । अधिवेशनको निर्णय हामीले गर्यौं । अब अन्य कुरा पार्टीभित्र छलफल हुनुपर्छ । उहाँले एकलौटी मान्छेलाई बोलाएर म उठ्छु भन्नेसम्म ईच्छा जाहेर गर्नुभएको छ । अब त्यो विधि र पद्धतिबाट एकलौटी घोषणा गरेको कुरालाई अहिले हामी छलफलकै क्रममा छौँ ।

त्यसोभए तपाईँहरू छलफलकै क्रममा हुनुहुन्छ, यसपटक शेरबहादुर देउवालाई तपाईँहरुको सहयोग र समर्थन रहन सक्छ ?

होईन, यो तपाईँको भनाई होला । हाम्रो त अहिले खासगरी हामी त्यो ठाँउमा पुगिसकेकै छैनौँ । अब हाम्रो कुरा के हो भने काँग्रेसलाई एक गराउनुपर्छ । शेरबहादुर होस् रामचन्द्र हुन, अहिले हाम्रो प्रयास के छ भने सकेसम्म पार्टीलाई एक गराएर लानुपर्ने अहिलेको आवश्यकत्ता छ । अहिलेको अवस्थामा लोकतन्त्रमाथि खतरा छ, संविधानमाथि अहिलेको वर्तमान सरकारले जसरी हस्तक्षेप गरिरहेको छ । संसद् पटक–पटक विघटन भएको छ । यो परिस्थितिमा यत्ति हतार गरेर शेरबहादुरजीले गरेका काम अलिकति ठिक होईन भन्छु म ।

सबै जनालाई बोलाएर बैठक गरेको भए हुन्थ्यो, तर हिजोको निर्णय तपाइँलाई चित्त बुझेन उसो भए ?

शेरबहादुरजी हुनुहुन्थ्यो वा कुनै बहादुर या प्रसाद हुन्थ्यो त्यो अलग विषय हो । किनभने पहिलो सभापतिको नाताले अब हामीले अधिवेशन गर्ने डेट टुङगो गयौँ । साथीहरु बसौँ । अब काँग्रेसलाई कसरी एक गराएर जाने र जानुपर्छ मलाई तपाँईँले सहयोग गरेपनि वा अरु कसैलाई मैले सहयोग गरेपनि एक गराएर लिएर जानुपर्छ भन्ने सभापतिको हैसियतले पहिलो काम त उहाँको हो नि, तर उहाँ चुक्नुभयो । अहिले हाम्रो असहमति नै के छ भनेदेखि सिंगो काँग्रेसको सभापति हुन सक्नुभएन । एउटा सानु गुटको सभापति भएर आज नेपाली काँग्रेस यो ठाउँमा आईपुग्यो । त्यसकारणले यसको जिम्मा शेरबहादुरजीले लिनुपर्छ । नत्रभने अहिले अलिकति होमवर्क गरेर अनि अलिकति हतार नगरेर अहिले राष्ट्रिय राजनीतिमा जुन खालको संकट देखिएको छ, त्यसलाई नेपाली काँग्रेसले नेतृत्व गर्नुपर्छ । यो संकटबाट पार गर्नुपर्ने काम नेपाली काँग्रेसले गर्नुपर्नेमा अहिले केही आफ्ना गुटका मान्छे लिएर उहाँले जुन आफ्नो ईच्छा जाहेर गर्नुभयो, त्यो काँग्रेसको सभापतिको नाताले र स्वयम शेरबहादुरजीलाई पनि अलिकति अहिलेको पाको राजनेताको रुपमा ठान्न गाह«ो भयो ।

विमलेन्द्र निधिले त भन्नुभएको छ नि–म सभापतिमा उम्मेद्धवार बन्छु, मलाई सघाउनुहोस्, तपाईँको प्रतिक्रिया के छ ?

अहिले धरातलीय वास्तविकतालाई म तपाईँसमक्ष राख्दैछु । शेरबहादुरजीको टिममा नै के छ भने विमलेन्द्र निधिजी सार्वजनिक रुपमा नै सभापति उठ्ने ईच्छा जाहेर गर्नुभयो । अरुले पनि अब गर्लान्, त्यो हक अरु सबैलाई छ । महाअधिवेशन प्रतिनिधि भईसकेपछि । सबैलाई छ । तर त्यसलाई एकता बनाउने कुरा अघिपनि मैले भनँे त्यो शेरबहादुरजीको जिम्मा हो । त्यो कुरामा उहाँ चुक्नुभयो । विमलेन्द्र निधिजी पनि एउटा योग्य साथी हुनुहुन्छ । उपसभापति भएको मान्छे हो, उहाँ । अब सभापतिमा उठ्छु भन्नु उहाँलाई पनि त्यो अधिकार छ । तर शेरबहादुरजीनै चुक्नुभयो भन्ने मेरो मूल कुरा हो ।

तपाँईले शेरबहादुर देउवा चुक्नुभयो भनिरहँदा उहाँको पनि त अधिकार छ नि, उहाँ पनि त बन्न पाउनुहुन्छ नि फेरिपनि होईन र ?

मैले उहाँले पाउनुहुन्न भनेर कहाँ भनेर उहाँको त झन पहिलो हक नै हो । किनभने वर्तमान सभापतिले म निरन्तरता दिन्छु भने पछि त्यो विधानले पनि रोकेको छैनन् । तर, अहिलेको परिस्थितिमा नेपाली काँग्रेस जुन अवस्थामा छ, यसलाई शसक्त बनाउन एकताका साथ अगाडि राखिएका त्यो राजनीतिलाई निकास दिनका निम्ति पहिलो काम त शेरबहादुरजीको हो भन्ने मेरो भनाई हो ।

तपाँईको समूहमा पनि धेरै जना महत्वकांक्षी भएर सभापति बन्ने भनिरहेका छन् नि ? तपाईँहरुको बीचमा सर्वसहम्मत् रुपमा सभापतिको उम्मेद्धवार कोही बन्न सक्नुहुन्छ ?

नेपाली काँग्रेसमा सबै समूह मिलेर अहिले सहमतिको अधिवेशन गर्नुपर्छ ।

त्यसोभए अहिले सभापतिमा सर्वसम्मत् रूपमा चयन गर्नुपर्छ भन्ने तपाँईको प्रस्ताव हो ?

यो मेरो पहिलो प्रस्ताव हो । किनभने अहिलेको परिस्थिति के हो भने हाम्रो टिममा मात्रै होईन । सिंगो काँग्रेसले सहमति गरेर निविर्वाद रूमा अहिलेको अधिवेशनलाई लिएर जानुपर्छ । मैले अघि तीन÷चार वटा कारण भनें नि, एकातिर कोरोनाको महामारी छ । हामी डेमोक्रेट भएको हुनाले त्यो लड्ने अधिकार सबैलाई छ । सर्बसम्मत् गराउन सकिएन भने अनि कुन–कुन समुहको बीचमा कसरी सहमति हुन्छ । त्यो अब भर्खर सुरु भयो अधिवेशनको दौड, त्यसपछि केही समयभित्र त्यसले क–कस्को विचमा सहमति हुन्छ, क–कस्को विचमा हुँदैन, त्यो अब छलफल सुरु भएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्