Logo

निषेधाज्ञा खुकुलो गरी एक हप्ता लम्बियो, के गर्न पाइने के नपाइने (सुचनासहित)



काठमाडौं, ६ असार । सरकारले काठमाडौं उपत्यकाभित्र एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी त्यस्तो निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचनामा निजी सवारी जोर बिजोर प्रणलाीमा चल्न दिने निर्णय भएको छ । ८ असारबाट लागू हुने गरी जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन गर्न दिने सुचनामा उल्लेख छ ।

निजी सवारी साधानमा कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना र मोटरसाइकल स्कुटी संचालन गर्न दिने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्