Logo

लालीगुराँस परिवारद्वारा अक्सिजन कन्सन्टेटर सहयोग



असार ६, काठमाडौं । जर्मनीमा सक्रिय रहेको समाजसेवामा समर्पित संस्था लालीगुराँस परिवारले काठमाडौंको तारकेश्वर नगरपालिकाको साङ्गलामा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रमा प्रयोग हुने गरि २ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं १६ को वडाकार्यलयका वडाध्यक्ष मुकुन्द रिजाल मार्फत तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरालाई हस्तान्तरण गरिएको हो ।
परिवारका अध्यक्ष टेक थापा ,उपाध्यक्ष सरिता आचार्य र वरिष्ठ सदस्य तथा अग्रज समाजसेवी डोर बाहादुर गुरुङको विशेष पहलमा परिवारको सम्पूर्ण सदस्यहरुको सहयोगमा संकलित रकमबाट कन्सन्टेटर एनआरएनए मार्फत नेपाल ल्याइएको थियोे ।

तारकेश्वरका मेयर रामेश्वर बोहराले सहयोग ग्रहण गर्दै ठूलो समस्या समाधान भएको भन्दै लालीगुराँस परिवार र समन्वय गरिदिने काठमाडौं महानगरपालिका वडा नं १६ लाई धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ्य सामाग्री परिवारले जनमैत्री अस्पतालमा पठाएको थियोे । तर अस्पतालबाट रवि लामिछाने फाउन्डेसन अलग भएपछि त्यहाँ भन्दा बढी आवश्यक तारकेश्वरमा रहेकाले नगरपालिकालाई हस्तान्तरण गरेको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

लालीगुराँस परिवारले नेपालमा आपत विपतदेखि हरेक सामाजिक काममा सहयोग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्